श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने



काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो ।

गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो । सभा आगामी भदौ ४ गते काठमाडौंको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।

यसैगरी, सभाले आईपीओ प्रिमियममा वा अंकित मूल्यमा ल्याउने भन्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ भने कम्पनीको अधिकृत पूँजी,जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले यसअघि नै सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित : 4 August, 2024 11:09 am