काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन भएको छ । आज नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६० को विन्दुमा कायम भएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ३.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ घटेको छ।
आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३२३ कम्पनीको पाँच करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटि होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावर लगायतका कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ।
त्यस्तै आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।
Comment