काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा तिब्र उत्तरचढाव देखिएको छ । आज बजार ३५.५५ अंक बढेर २६९६.६५ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।
आज १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, आज ३२९ कम्पनीको चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ३७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एशियन हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
Comment