काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक देखिएको छ । आज बजार खुलेको केही मिनेटमै नेप्सेमा २ पटक सर्किट ब्रेक लगेको थियो । पछि सम्हालिएको बजार ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.०५ अंक बढेको छ।
आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३१८ कम्पनीको चार करोड तीन लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोमाथिको सेयर कारोबार भएको छ ।
काराेबारमा बैंकिङ समूहको उपसूचक १४१.७६ अंक, विकास बैंक २४५.९२, वित्त ३८.३८, होटल ३१.११, जलविद्युत २६.३२, जीवन बिमा ५१९.२७, उत्पादन तथा प्रशोधन १३४.७१, निर्जीबन बिमा ३४५.४६, अन्य ५९.८६, ट्रेडिङ ९९.३० अंकले बढेकाे छ भने माइक्रोफाइनान्स समूहको उपसूचक १०.०६ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज बैंकिङ उपसूचकमा सकारात्मक सर्किट लागेर सबै बैंकको सेयरमा सर्किट लागेको छ । आज २१ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
Comment