न्यादी हाईड्रोपावर १६ करोडभन्दा बढी घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

न्यादी हाईड्रोपावर १६ करोडभन्दा बढी घाटामा



काठमाडौं । न्यादी हाईड्रोपावरले चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले उक्त अवधिसम्ममा १६ करोड ६७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यस्तो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २०.३७ प्रतिशतले कम हो ।

अघिल्लो आवको सोही अवधिसम्ममा भने कम्पनीको घाटा २० करोड ९३ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीले विद्यत् बिक्रीमार्फत् ५९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले उक्त अवधिसम्ममा परियोजना सञ्चालनमा २६ करोड ४१ लाख रुपैयाँ र प्रशासनिक कार्यसञ्चालनमा ३ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको वित्त खर्च ४५ करोड ७९ लाख रुपैयाँ रहेकोमा वित्त आम्दानी ३ लाख ७९ हजार रुपैयाँ छ । त्यस्तै कम्पनीको कुल चालू सम्पत्ति १६ करोड ५९ लाख रुपैयाँ र कुल चालु दायित्व पनि ३० करोड ७९ लाख रुपैयाँ छ ।

त्यसैगरी,कम्पनीको प्रतिशेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।

प्रकाशित : १३ श्रावण २०८१, आईतवार ११:२४