मौद्रिक निती समग्रमा सकारात्मक, यसाे भन्छन्, लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मौद्रिक निती समग्रमा सकारात्मक, यसाे भन्छन्, लगानीकर्ता



काठमाडौं । शुक्रबार चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक निती सेयर लगानीकर्ताहरुले सोचे जस्तो नआएपनि समग्र अर्थतन्त्र चलाएमान बनाउने खालको आएको बताएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले मौद्रिक निती सेयर लगानीकर्ताहरुले सोचे जस्तो नआएपनि समग्रमा मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । उनले भने, यो सकारात्मक नै छ, अर्थतन्त्रलाई चलायमान बनाउनेगरी अन्य क्षेत्रलाई जोड दिएको देखिन्छ, त्यसको अप्रत्यक्ष प्रभाव सेयर बजारमा पनि पर्छ ।’

अर्का लगानीकर्ता तुलसीराम ढकालले पनि लगानीकर्ताले राखेका माग सम्बोधन हुन सकेनन् । तर समग्रमा हेर्दा आगमी दिनमा बजारले नयाँ गति लिने बताए ।

बैंकको ब्याजदर घट्ने कुराले पुँजीबजारमा थप उत्साहको माहोल सिर्जना हुने उनले बताए ।

‘बैंकको ब्याजदर घट्ने नीति मौद्रिक ब्यवस्थामा रहेको छ । यता, बैंकको नाफा समेत बढ्ने भएको छ । यसले पुँजी बजारका लागि सकारात्मक सन्देश हो’ उनले भने, ‘दुई वटा माग ब्यक्तिगत लगानीकर्तामा लगाएको क्याप र जोखिमभार घटाउनु पर्ने कुरा सम्बोधन भएन् ।यी बाहेक अन्य सबै कुरा बजार चलयमान बनाउने नै रहेका छन् ।’

यसैगरी, अर्काे लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले समग्रमा मौद्रिक नीति राम्रो आएको बताए। उनले भने,‘ समग्रमा सकारात्मक नै छ, एउटा क्याप हटेको छ, यसले पनि बजारलाई सकारात्मक बनाउँछ भन्ने अपेक्षा छ ।’

‘मौद्रिक नितिले सेयर धितो कर्जामा रहेको २० करोडको सीमा हटाउँदा व्यक्तिगतको पनि १५ करोडको सीमा हटाउन सकेको भए झनै लगानीकर्तामैत्री नीति हुने थियो । नीतिगत दर घटाएको, ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिनु कुनै न कुनै रुपमा बजारको हित हुनेछ । यसलाई सकारात्मक नै मान्नुपर्छ उनले भने ।’

लगानीकर्ता सुरेन्द्र महर्जनले भने राष्ट्र बैंकको मौद्रिक नीति हालसम्मकै लगानीमैत्री एवं उत्साहित भएकाले मौद्रिक नीति स्वागत योग्य रहेको बताए। ‘नेप्सेको अबको यात्रा ४००० बिन्दूमा पुग्ने निश्चित भएको छ उनले भने ।’

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार १७:३८