सेयर बजार दोहोरो अंकले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार दोहोरो अंकले बढ्याे



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ को विन्दुमा कायम भएको छ ।

आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ३२० कम्पनीको तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, एशियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेको छ।

प्रकाशित : १० श्रावण २०८१, बिहीबार १५:३३