प्रभु बैंकको स्वामित्वमा रहेको प्रभु स्टक मार्केट सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको स्वामित्वमा रहेको प्रभु स्टक मार्केट सञ्चालनमा



काठमाडौं । प्रभु बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन भएको छ । सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले आज एक समारोहका बीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे ।

सो कार्यक्रमा शुभकामना उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने बताए । उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा यसले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

विशेष अतिथिका रुपमा पुगेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको बताए ।

यस्तै प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बुद्धनगर – १०, नयाँबानेश्वर काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी बीस करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : ९ श्रावण २०८१, बुधबार १८:५१