नेप्सेमा करेक्सन, कारोबार भने १६ अर्बभन्दा माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा करेक्सन, कारोबार भने १६ अर्बभन्दा माथि



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार भने बजार ओरालो लागेको छ । आज बजार २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा आइपुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक घटेको छ।

आज ३११ कम्पनीको चार करोड ७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा बन्द भएको थियो ।

आज होटल एन्ड टुरिजम र वित्त उपसमूहबाहेक अरु सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी ब्यापार समूह घटेको छ। दोस्रोमा हाइड्रोपावर समूह १.५७ प्रतिशतले घटेको छ । त्यस्तै अपर तामाकोशीको २९ करोड ४७ लाखभन्दा माथिको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३६ करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ९ श्रावण २०८१, बुधबार १५:३०