सेयर बजार बढ्ने क्रम जारी, १४ अर्ब ११ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार बढ्ने क्रम जारी, १४ अर्ब ११ करोडकाे काराेबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा भारी अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इण्डेक्स १०.४० अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७८ अंक बढेको छ।

आज २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

आज ३१७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, अपि पावरको पनि २४ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बोटलर्स नेपाल बालाजू, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङ, साहस उर्जा, हिमालयन ऊर्जा विकास र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने आज गणपति लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारमा आज सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ ३३.४१, विकास बैंक १४६.४७, वित्त ७१.५३, होटल २०१.०४, उर्जा १२२.५२, जीवन बिमा ५१८.९९, उत्पादन तथा प्रशोधन २८४.८३, माइक्रोफाइनान्स ७२.७५, निर्जीबन बिमा ५२५.०७, ट्रेडिङ समूह १८६.२३ र अन्य समूहको उपसूचक ३२.५७ अंकले बढेको छ ।

प्रकाशित : ८ श्रावण २०८१, मंगलवार १५:३२