सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम सामान्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम सामान्य घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार दिनभर बजारमा उत्तारचढाव आएको छ । आज नेप्से सूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा आइपुगेको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७२ अंक घटेको छ।

आज ३०९ कम्पनीको तीन करोड ९७ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार बजार ६१.६१ अंकले बढेर नेप्से परिसूचक २४८५.९४ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै आज ११५ कम्पनीको सेयरमूल्य बढेको छ भने १२१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । आज नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये ६ वटा उपसमूह राताम्य भएका छन् भने बाँकी सात वटा उमसमूहमा हरियाली छाएको छ । आज कारोबार भएको मुक्तिनाथ कृषि विकास कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार १५:४७