६१ अंकले बढेको बजारमा १५ अर्ब २३ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

६१ अंकले बढेको बजारमा १५ अर्ब २३ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ को विन्दुमा पुगेको हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स १३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक बढेको छ।

आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

त्यस्तै, आज ३१५ कम्पनीको चार करोड ११ लाख ९५ हजार ५३४ कित्ता यर सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज कारोबारमा सबैभन्दा धेरै सोल्टी होटल्सको भएको छ । आज यसको ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबार भएको युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक र गणपति लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यता कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रकाशित : ६ श्रावण २०८१, आईतवार १५:२४