ग्लोबल आइएमई लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ग्लोबल आइएमई लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रीराम पोख्रेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। संस्थाले २०८१ श्रावण २ गतेदेखि नै लागू हुने गरी पोख्रेललाई नियुक्ति गरेको हो।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोख्रेलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका उच्च व्यवस्थापनको जिम्मेवारीमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै १३ वर्षभन्दा बढीको लामो अनुभव रहेको छ ।

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यवसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोख्रेलले विगतमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ वर्षभन्दा बढि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाालिसकेका छन् ।

पोख्रेल यसअघि आइएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडमा विभागिय प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए।

प्रकाशित : ३ श्रावण २०८१, बिहीबार ०९:५८