सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम



काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिएको छ। प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढ्दै गएकोले पत्रकारहरूलाई यस्ता जोखिमबाट सुरक्षित रहन सिजेएनले तालिम दिएको हो ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्कीले ‘अण्डरस्ट्याण्डिङ्ग साइबर रिस्कः टेक्निक्स फर जर्नलिष्ट’ विषयमा प्रशिक्षण दिएका थिए ।

प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने भन्दै उनले सामाजिक सञ्जाल र प्रविधिद्वारा आएको सूचनालाई सहजै विश्वास गर्न नहुने बताए । पछिल्लो समय साइबर सुरक्षाको जोखिम बढ्दै गएकाले पत्रकारहरु यसतर्फ सावधान रहेर आफ्ना गतिविधिलाई अगाडी बढानुपर्नेमा उनको जोड छ ।

कार्कीले फेसबुक, ह्वाट्सएप, भाइबर, वेबसाईट तथा इमेलबाट ह्याकरहरूले प्रहार गर्नेहुँदा यसतर्फ सबै सचेत हुनुपर्ने बताए । आफ्ना व्यक्तिगत विवरण जथाभावी प्रयोग गर्दा थप जोखिम आउन सक्ने उनको भनाई थियो ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार सहभागी थिए । उनीहरुले तालिमले व्यक्तिगत जीवन र कार्यक्षेत्रमा उपयोगी हुने धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए ।

प्रकाशित : २८ असार २०८१, शुक्रबार १८:०३