दुई कम्पनीको सेयर कारोबार रोक्का ,यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको सेयर कारोबार रोक्का ,यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले बुधबार दुई लघुवित्त कम्पनीको सेयर कारोबर रोक्का गरेको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले दुबै कम्पनीको सेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का गरेको बताएको छ । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकापसमा गाभिए पछि बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाले असार ३० गतेबाट एकीकृत वित्तीय कारोबार गर्ने तयारी गरेको छ।

प्रकाशित : २७ असार २०८१, बिहीबार १७:३३