कर नतिर्ने बार, दोहोरी र क्लबलाई काठमाण्डौं महानगरको ३५ दिने अल्टिमेटम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कर नतिर्ने बार, दोहोरी र क्लबलाई काठमाण्डौं महानगरको ३५ दिने अल्टिमेटम



काठमाडौं । काठमाण्डौं महानगरपालिकाले कर नतिर्ने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाले मनोरञ्जन कर बुझाउन लिखित, फोन वा मौखिक जानकारी गराए पनि कर नबुझाउने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको हो।

महानगरले ४४ कम्पनीलाई ३५ दिन भित्र कर बुझाउन निर्देशन दिएको छ। पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो ।

उक्त कम्पनीहरुले ३५ दिनभित्र कर नबुझाए आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

प्रकाशित : 9 July, 2024 11:02 am