नेप्से परिसूचक दोहोरो अंकले बढ्याे, काराेबार रकम छ अर्ब नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक दोहोरो अंकले बढ्याे, काराेबार रकम छ अर्ब नाघ्याे



काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज बजार २१.२७ अंक बढेर २१४०.९७ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ।

आज ३२५ कम्पनीको छ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको एक करोड ४० लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ। त्यस्तै, आज गुडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २१ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २३ असार २०८१, आईतवार १५:३१