नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३१ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले आज असार २१ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्ने छन् । न्यूनतम मूल्य प्रति सेयर ५०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम ५०० रुपैयाँ तोकिएको छ । एक भन्दा बढी मूल्यमा सेयर खरिदका लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन दिनु पर्नेछ ।

बोलपत्र आवेदन फारममा आफूले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै केरमेट भई कबोल गरेको सेयर संख्या, प्रतिकित्ता सेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिइने छैन । अंक र अक्षरमा फरक भएमा अक्षरले लेखिएको व्यहोरालाई मान्यता दिईनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम ५,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।

यर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रतिकित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिइने छैन । अंक र अक्षरमा फरक भएमा अक्षरले लेखिएको व्यहोरालाई मान्यता दिईनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम ५,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।

प्रकाशित : २१ असार २०८१, शुक्रबार १०:३४