सेयर बजारमा दोहोरो अंकको बृद्धि, छ अर्ब ४८ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको बृद्धि, छ अर्ब ४८ करोडकाे काराेबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज बजार १५.४६ अंकले बढेर २११९.६९ को विन्दुमा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक बढेको छ।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको घटेको छ । आज ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा छ अर्ब ४८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै दोर्दी जलविद्युत कम्पनीको लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : २० असार २०८१, बिहीबार १५:४१