सैदी पावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सैदी पावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल



काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणमा प्रति कित्ता १०० रुपैयाँ अंकित दरका एक लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

यसका लागि कम्पनीले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा सैदी पावरका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदी पावर कम्पनीले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले २०७९ देखि व्यवसायिक विद्युत उत्पादन गर्दै आएको छ ।

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भइरहेको कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

प्रकाशित : २० असार २०८१, बिहीबार १०:२८