नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटको लागि कारोबार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटको लागि कारोबार बन्द



काठमाडौं । सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उछाल आएको छ। कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने भएसँगै लगानीकर्ताहरुमा उत्साहको अवस्था देखिएको हो ।

पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको हो। अब ४० मिनेटपछि नेप्सेमा पुनः सेयर कारोबार खुल्ने छ।

मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो।

प्रकाशित : १८ असार २०८१, मंगलवार ११:३७