सेयर बजारमा सुधार, काराेबार रकम भने बढ्न सकेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सुधार, काराेबार रकम भने बढ्न सकेन



काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज बजार १६.२९ अंक बढेर २०५३.३८ विन्दुमा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन साढे तीन अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३२३ कम्पनीको दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

त्यस्तै आज हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ भने नेपाल फाइनान्सको सेयर आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज १९ करोड १३ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १७ असार २०८१, सोमबार १५:३०