सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १०.२६ प्रतिशत अर्थात ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले गत आर्थिक वर्षका २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत)गरी कुृल ३५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको १०.२६ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो ।

यससँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित : १६ असार २०८१, आईतवार १६:२९