सेयर बजारकाे ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

सेयर बजारकाे ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो



काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार १४.८३ अंक घटेर २०३७.०९ विन्दुमा रोकिएको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको बिहीबार तीन अर्ब ७१ करोडको सेयर कारोबार भएको बजारमा, आज ३२० कम्पनीको तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ।

आज वित्त समूहको उपसूचक ८.३९ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.९९ अंक बढेको छ भने बाकी सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको ७.६१, विकास बैंक ३२.५४, होटल २१.०४, जलविद्युत २७.४३, जीबन बीमा ४५.०८, निर्जीबन बिमा २९.४४, माइक्रोफाइनान्स ६२.३७, ट्रेडिङ समूहको उपसूचक ८.९४ अंकले घटेको छ ।

त्यसैगरी आज मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ। साथै, कारोबारमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : 30 June, 2024 3:26 pm