रिडी पावरको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

कर्पोरेट

रिडी पावरको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त



काठमाडौं । रिडी पावर कम्पनीको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको गत असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै उक्त बैठकले यसअघिका अध्यक्ष सञ्जिब न्यौपानेले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साथै सोही बैठकले सन्तोष अधिकारीले कम्पनी सचिव पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

प्रकाशित : १६ असार २०८१, आईतवार १३:१९