सेयर बजारमा ११.६० अंककाे गिरावट,काराेबार रकम पनि घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा ११.६० अंककाे गिरावट,काराेबार रकम पनि घट्याे



काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंक घटेर २०६०.१६ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार चार अर्ब १८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०५ कम्पनीको चार अर्ब पाँच करोड ८० लाख रुपैयाँ बराबरको ८७ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी आज नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक बढेको छ भने कारोबारमा आएको साधना लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज १६ करोड ४६ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १२ असार २०८१, बुधबार १५:२४