सेयर बजारमा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार



काठमाडौं । मंगलबार नेप्से परिसूचक उकालो लागेको छ । आज बजार५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.२० अंक र फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंक घटेको छ।

आज ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर चार अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आज ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४८५ ऋणपत्र र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कारोबारमा आएको साधना लघुवित्त वित्तीय संस्थाको सेयर भने आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आरएसडीसी लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ८३ लाख ८ हजार रुपैयाँको सेयर किनबेच भएएको छ ।

प्रकाशित : ११ असार २०८१, मंगलवार १५:४२