जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको सेयर कारोबार रोक्का



काठमाडौं । मर्जरमा गएका जाल्पा र किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । यी दुई लघुवित्तले मर्जर सम्पन्न गरी असार २७ गतेदेखि एकीकृत कारोबार गर्दैछन्।

यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेको थियो । मर्जर पश्चात मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ । असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको असार २६ गते सबै सेवाहरु अवरुद्ध हुनेछन्।

प्रकाशित : १० असार २०८१, सोमबार १२:०७