नेप्सेमा ५.३७ अंककाे गिरावट, काराेबार रकममा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

नेप्सेमा ५.३७ अंककाे गिरावट, काराेबार रकममा सामान्य वृद्धि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार ५.३७ अंक घटेर २०६२.९४ विन्दुमा रोकिएको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार तीन अर्ब ८७ करोडको सेयर कारोबार भएको बजारमा आज ३१७ कम्पनीको चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ।

कारोबार भएको रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ्ग खोला जलविद्युत कम्पनी र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज १७ करोड १३ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ।

प्रकाशित : ९ असार २०८१, आईतवार १५:२९