सेयर बजारमा १८.७६ अंककाे गिरावट, चार अर्ब पाँच करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा १८.७६ अंककाे गिरावट, चार अर्ब पाँच करोडकाे काराेबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.७६ अंक घटेर २०७६.४९ विन्दुमा झरेर रोकिएको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक घटेको छ।

आज ३१८ कम्पनीको चार अर्ब पाँच करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्से घटेपनि आज समाज लघुवित्तको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै आज मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर नकारात्क सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज बरुण हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ११ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ४ असार २०८१, मंगलवार १५:२८