सेयर बजारमा दोहोरो अंकको गिरावट, पाँच अर्ब ४७ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट, पाँच अर्ब ४७ करोडको कारोबार



काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार १७.०४ अंक घटेर २०९५.२५ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक घटेको छ।

आज ३१७ कम्पनीको एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच हुदाँ पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ ।

नेप्से घटेपनि नेपाल फाइनान्सको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य पनि उच्च अंकले बढेको छ भने आज भगवती हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज ३० करोड ४० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २ असार २०८१, आईतवार १५:३९