नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

कर्पोरेट

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं। नागरिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवको आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र (कर प्रयोजनका लागि) ०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित : ३२ जेष्ठ २०८१, शुक्रबार १४:५२