हुलास फिनसर्भ हायर पर्चेजले आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

हुलास फिनसर्भ हायर पर्चेजले आइपीओ निष्कासन गर्ने



काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्तावसहित आगामी असार १६ गते विशेष साधारण सभा डाकेको छ ।

सभामा कम्पनीले प्रिमियम, बुक बिल्डिङ अथवा अंकित मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव छ । सभाले सो सम्बन्धी कार्य गर्न सञ्चालकलाई अख्तियारी दिनेछ । यसका साथै कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने बारे विशेष प्रस्ताव पेश हुनेछ ।

प्रकाशित : ३२ जेष्ठ २०८१, शुक्रबार १३:०६