सेयर बजार ९.३२ अंकले घट्यो, कारोबार रकम छ अर्ब ४४ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ९.३२ अंकले घट्यो, कारोबार रकम छ अर्ब ४४ करोड माथि



काठमाडौं । साताकाे अन्तिम काराेबार दिन बिहीबार सेयर बजार घटेको छ। आज बजार ९.३२ अंकले घटेर परिसूचक २११२.२९ बिन्दु कायम भएको हाे । आज सेन्सेटिभ इण्डेक्स ०.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ।

आज ३१३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर छ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँको सेयर किनबेच भएको छ । आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा बैकिङ, होटल, जलविद्युत, जीवन बिमा, माइक्रोफाइनान्स, निर्जीवन बिमा, ट्रेडिङ र अन्य समूहको उपसूचक घटेको छ भने विकास बैंक र वित्त समूहको उपसूचक बढेको छ ।

कारोबारमा सम्बृद्दि फाइनान्स, कुथली बुखरी स्मल हाईड्रो, साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै मिड सोलु हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज २८ करोड ४७ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहीबार १५:३९