सेयर बजारमा हरियाली, ३३.१५ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली, ३३.१५ अंकले बढ्यो



काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज बजार ३३.१५ अंक बढेर २११५.२४ विन्दुमा रोकिएको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ।

आज नेप्सेसंगै कारोबार रकम पनि बृद्धि भएको छ । अघिल्लो कारोबार दिन सोमबार पाँच अर्ब ४९ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३११ कम्पनीको पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको एक करोड २६ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज सबै समूहको उपसूचक हरियाली बनेका छन् । बैंकिङ १९.०५, विकास बैंक ५७.२९, होटल तथा पर्यटन ३२.२८, वित्त ४६.८०, जलविद्युत ६६.७१, जीवन बीमा २४१.११, उत्पादन २६.३८, निर्जीवन बीमा २३३.५७ र माइक्रोफाइनान्स ४८.९६ अंक बढेको छ।

त्यसैगरी, आज बरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य पनि उच्च बढेको छ।

आज कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३६ करोड ३० लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज माउन्टेन इनर्जीको २३ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने ग्लोबल आइएमई लघुवित्त र जानकी फाइनान्सको कारोबार रकम १० करोड नाघेको छ।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलवार १५:३३