तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ



काठमाडौं । प्रहरीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो । यसअघि सोही प्रकरणमा मनोज न्यौपाने र तुलसी गौतमसहित १० जना बैंकर पक्राउ भएका थिए ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १५:४१