सेयर बजार ८.९० अकंले उकालो लाग्यो, पाँच अर्ब ४९ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ८.९० अकंले उकालो लाग्यो, पाँच अर्ब ४९ करोडकाे काराेबार



काठमाडौँ । पुँजी बजारको तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ। सोमबार बजार ८.९० अकंले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको हो। आज सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

सोमबार ३१४ कम्पनीको एक करोड १६ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । हाइड्रोपावर समूहको शेउर ५०.७४ अकंले बढेर २५७७.८२ बिन्दुमा पुगेको हो ।

कारोबारमा आज एनआरएन इन्फ्रास्टक्चर शिर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै माउन्टेन इनर्जीको २४ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १५:२८