नेप्सेमा ४.५९ अंककाे गिरावट, काराेबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ४.५९ अंककाे गिरावट, काराेबार रकममा भने सुधार



काठमाडौं । आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार ४.५९ अंक घटेर २०७३.१९ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। आज ३१३ कम्पनीको पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको एक करोड चार लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज इष्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटि होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३२ करोड ३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २७ जेष्ठ २०८१, आईतवार १५:५३