अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तयारी पुरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तयारी पुरा



काठमाडौं १६ चैत । “शान्ती, सम्बृद्धितथा स्वच्छ वाताबरणकोलागि पुष्पव्यवसाय”भन्ने नाराका साथ सुरु हुनलागेको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ को तयारी पुरा भएको जानकारी  आयोजकले बुधबार एक कार्यक्रम गरि जानकारी दिएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिन सम्म चल्ने यो मेला उप राष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको
छ ।
मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीन हाउस, कृषिऔजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथाथोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्रीकक्ष राखिएको छ ।

यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो बाट पुष्पव्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ । साथै पुष्पव्यवसायको क्षेत्रमा भएको नयाँनयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने जानकारी  महासचिब मिनबहादुर तामाङले प्रबिधी बिस्तारकालागि भारत,बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाइ मेलामा सहभागी गराइएको छ  ।

         

प्रकाशित : १६ चैत्र २०७३, बुधबार ०७:५७