काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार बजार ५.५८ अंकले घटेर परिसूचक २०७९.७१ को विन्दुमा झरेको छ। त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।
३०६ कम्पनीको ८० लाख ४२ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ ।
कारोबारमा माइक्रोफाइनान्स समूहको ६०.०७, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २८.०६ अंकले बढेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल, जलविद्युत, निर्जीबन बिमा, निर्जीबन बिमा २६.२२, अन्य ११.२६, ट्रेडिङ समूहको उपसूचक ३१.२५ अंकले घटेको छ । कारोबारमा भगवती हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै अप्पर लोहर खोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी शिर्ष स्थानमा रहेको छ । कम्पनीको १९ करोड ३ लाख ७९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
Comment