प्रभु बैंक र यूएसएड ट्रेड एण्ड कम्पीटेटिभ्सबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

प्रभु बैंक र यूएसएड ट्रेड एण्ड कम्पीटेटिभ्सबीच सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेड एण्ड कम्पीटेटिभ्सबीच जेठ २१ गते सोमबार सम्झौता सम्पन्न भएको छ ।

स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने “इम्पाओरिङ्ग एग्रो एण्ड टुरिजम् इष्डष्ट्रिज फर सस्टेनेबल ग्राथ फर फ्यूचर नेपाल” नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा यूएसएड ट्रेड एण्ड कम्पीटेटिभ्सका तर्फबाट प्रतिनिधि मार्कस् मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलवार १३:०६