काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। आज बजार ३.९७ अंक घटेर २०७९.०७ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक घटेको छ।
आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। ३१६ कम्पनीको एक करोड ८८ लाख २०४४ हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
आज ११० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १२९ वटा कम्पनीको घटेको छ । बाँकी ८ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
कारोबारमा आज सबै समूहको उपसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्सकाे भने १०६.७९ अंक बढेको छ ।बाकी बैंकिङ समुह ८.३८, विकास बैंक १२.४८, होटल तथा पर्यटन ४५.४०, जीवन बीमा २०.७७, निर्जीवन बीमा ७१.६ र उत्पादन ६९.८१ अंक घटेको छ ।
त्यस्तै, आज बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ भने एनआईबिएल स्टेबल फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । कम्पनीको १४ करोड ८५ लाख ९५ हजार रुपैयाँ भन्दा बढी कारोबार भएको छ ।
Comment