मोबाइल व्यवसायी महासंघ महाधिवेशनको तयारीमा, व्यवसायीका समस्या मन्त्रीलाई सुनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

मोबाइल व्यवसायी महासंघ महाधिवेशनको तयारीमा, व्यवसायीका समस्या मन्त्रीलाई सुनाउने



काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्ने भएको छ । महासंघले विहीबार पत्रकार सम्मेलन गरी आगामी जेठ २५ गते काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एण्ट इभेण्ट्स प्रालिमा दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्न लागिएको जानकारी दिइयो ।

महासंघका महासचिव रमेश घिमिरेले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभाको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट हुने बताए । साथै, महाधिवेशनमा नेपालभरबाट करिब एक हजारभन्दा बढी व्यवसायी सहभागी रहने उनको भनाइ छ ।

महाधिवेशनले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जना पदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्य चयन गर्ने उनले बताए ।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायमा लगानीपछिको नाफा घट्दो अवस्थामा रहेको बताउ । उनले अहिले मंहगो रेटका मोबाइल सेट ग्राहकको रोजाइमा परिरहेको भएपनि भन्सार छलीका मोबाइल भित्रिदा ब्यव्सायीहरु मारमा परेको बताए ।

उनले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरुले विदेशबाट पठाउँदा आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजश्व छली गरेर प्रति महिना पाँच हजार पाँच सयका दरले नेपालमा आइरहेको महासंघको तथ्याङ्क छ । राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने महासंघको माग छ ।

यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ । साथै, सेकेण्ड ह्यान्ड मोबाइलको कारोबारमा सरकारको नीति प्रष्ट हुन आवश्यक रहेको उनले बताए । नीति स्पष्ट नहुँदा व्यवसायीहरु मारमा परेको उनले बताए ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहीबार १५:५५