किसान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

किसान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने



काठमाडाैं । किसान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त परिमाणको शेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि गत बैशाख ११ गते विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको बताएको छ ।

इच्छुक लगानीकर्ता तथा कम्पनीले कैलालीको लम्किचुहा वा बुढानिलकण्ठ काठमाडौमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार ११:२७