बीमा प्राधिकरण र धितोपत्र बोर्डको कार्यक्षमता सुधार गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा प्राधिकरण र धितोपत्र बोर्डको कार्यक्षमता सुधार गरिने



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको क्षमता अभिबृद्धि गर्ने घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सरकारले आगामी वर्ष नियामक निकायहरुलाई थप प्रभावकारी बनाउने घोषणा गर्दै पुँजि बजार सम्बन्धी नियामक निकाय धितोपत्र बोर्डको क्षमता अभिबृद्धि गर्ने र बस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बताएका छन्।

त्यस्तै निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ। साथै सरकारले नेप्से र सिडिएसको पुनसंरचाना गर्ने भएको छ ।

त्यसैगरी, नेपाल बीमा प्राधिकरणमा दक्ष जनशक्ति अभावको विषयमा पनि अर्थमन्त्री वर्षमान पुनले बजेटमा सम्बोधन गरेका छन् । आगामी वर्षमा प्राधिकरणको समेत क्षमता अभिबृद्धि गरी थप प्रभावकारी बनाउने घोषणा गरेका छन् । त्यस्तै, लघुबीमाका लागि जनतालाई प्रोत्साहित गर्ने उल्लेख छ ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:५२