युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले न्यूनतम चुक्तापूँजी पुर्‍याउनका लागि १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असार मसान्तसम्म तोकिएको चुक्तापूँजी पुर्‍याउन १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न साधारणसभामा पेश गरिने छ । हकप्रद र बोनस सेयर वितरण गरी कम्पनीले साढे दुई अर्ब चुक्तापूँजी पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार १३:१३