बोटलर्स नेपाल(तराई) ले कमायाे २६ करोड १४ लाख खुद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बोटलर्स नेपाल(तराई) ले कमायाे २६ करोड १४ लाख खुद नाफा



काठमाडौं । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ भने कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड ५५ लाख रुपैयाँ र वित्त आम्दानी ८३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ९२ करोड २८ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि २० करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

कम्पनीको रिजर्भको आकार भने ३ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब १५ करोड र कुल चालु दायित्व ५ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) २८८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ र पीई अनुपात ४४ गुणा कायम भएको छ ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहीबार १६:१५