सेयर बजार निरन्तर उकालाे लाग्दै, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार निरन्तर उकालाे लाग्दै, काराेबार रकममा पनि सुधार



काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.५४ अंक बढेर २१३१.४९ विन्दुमा रोकिएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ं.२४ अंक बढेको छ।

आज नेप्सेसंगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब २० करोडको सेयर किनबेच भएको बजारमा आज ३१८ कम्पनीको एक करोड ४४ लाख १९ हजार कित्ता सेयर किनबेच हुदाँ पाँच अर्ब ६८ करोड ७६ लाख ८० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा आज बैंकिङ ४८.४४, विकास बैंक १३.७, होटल तथा पर्यटन ९८.३४ अंक बढेको छ भने बाकी सबै समूहको उपसूचक राताम्मे छन् । वित्त २९.४३, जलविद्युत २२.५३, जीवन बीमा ६१.७१, उत्पादन १०.१७, निर्जीवन बीमा ६६.६२ र माइक्रोफाइनान्स ५१.०६ अंक घटेको छ ।

त्यस्तै आज सामुदायिक लघुवित्त र बुद्ध भुमी हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, कारोबारमा आएको मानुषी लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज नेरुडे मिर्मिरे लघुवित्त संस्था शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २४ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार १५:३०