नेपालमा मल्टी एयरलाइन्सको सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालमा मल्टी एयरलाइन्सको सेवा सुरु



काठमाडौं। विश्वव्यापी एयरलाइन टिकट वितरणको अग्रणी प्लेटफर्म मल्टी एयरलाइन्सले नेपालमा आफ्नो आधिकारिक सेवा सुरुआतको घोषणा गरेको छ।

नेपालमा मल्टी एयरलाइन्सको सुरुआत मात्र नभएर कम्पनी र स्ट्रिम ट्राभल सर्भिसबीचको समझदारी महत्त्वपूर्ण रहेको कार्यक्रममा बताइएको थियो। यो साझेदारीले अन्तर्राष्ट्रिय यात्राका लागि सहज समाधान दिएर यात्रा सेवामा रुपान्तरण गर्ने विश्वास कम्पनीको छ।

मल्टी एयरलाइन्स यसको सुरक्षित र व्यापक प्लेटफर्मका लागि प्रख्यात छ, जसले एजेन्टलाई धेरै बीएसपी बजारसँग जोड्छ, २७५ बढी एयरलाइनमा यसको पहुँच रहेको कार्यक्रममा जानकारी दिइयो।

प्लेटफर्मले एजेन्टलाई ग्लोबल एयरलाइन सूची, स्थानीय भाडा र टिकेटिङ समाधानमा पहुँच उपलब्ध गराउने हुँदा हवाई यात्रा सहज हुने कम्पनीको अपेक्षा छ।

मल्टी एयरलाइन्सका सीईओ क्लिफर्ड क्रिस्टोफर र स्ट्रिम ट्राभल सर्भिसका प्रबन्ध निर्देशक भैभवविक्रम राणा, कन्ट्री म्यानेजर ट्राभलपोर्ट (ग्यालिलियो नेपाल) रिजवी रशिदले साझेदारीबारे आ–आफ्नो विचार व्यक्त गरे। स्ट्रिम ट्राभल सर्भिस नेपालमा मल्टी एयरलाइन्सका लागि जनरल सेल्स एजेन्टका रूपमा नियुक्त भएको छ।

मल्टी एयरलाइन्स विश्वव्यापी एयरलाइन टिकट वितरण प्लेटफर्म हो, जसले एजेन्टलाई विश्वव्यापी हवार्य बजारसँग जोड्छ। स्ट्रिम ट्राभल सोल्टी होटल ग्रुपको सहायक कम्पनी हो।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १६:०६