आइएमई लाइफद्वारा राप्ती एरियाका १२५ भन्दा बढी अभिकर्तालाई तालिम प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइएमई लाइफद्वारा राप्ती एरियाका १२५ भन्दा बढी अभिकर्तालाई तालिम प्रदान



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले राप्ती एरिया अन्तर्गत लमही शाखाको आयोजनामा दाङको लमहीमा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो ।

तालिममा प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनका लागि अभिकर्ता पेशा उपयुक्त रहेको बताए । उनले नाम, दाम, सम्मानका साथै व्यक्तित्व विकासका लागि अभिकर्ता पेशा उत्तम विकल्प रहेको बताए ।

कार्यक्रममा बजार विभाग प्रमुख गणेश चौलागाईले बीमा जगतमा पृथक योजना सहित कम्पनीका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न र विभिन्न वित्तीय सुचकांकमा अघि रहन कम्पनी आक्रामक शैलीमा लागेको बताए ।

साथै, उनले अभिकर्ता पेशाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतीका विषयमा सरल एवं सहज टेक्निकहरु रहेको बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुती दिएका थिए । उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टि सहित कार्य गर्न सकिने बताए ।

तालिममा १२५ जना भन्दा बढी एजेन्सी मेमेजर तथा अभिकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता लमही शाखा प्रमुख गिरी राज पोख्रेल गरेका थिए स्वागत मन्तव्य प्यूठान शाखाका शाखा प्रमुख तीर्थ राज पोख्रेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन दाङ शाखा प्रमुख प्राशान्त महतारा र अभिकर्ता आरती बुढाथोकीले गरेका थिए ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १२:२९